Home » नेपाली कविताहरु

Category Archives: नेपाली कविताहरु

आकांक्षा

e32effa4aa8a3250708baea6ac93e523 (1)

Philip Thomson: Flame of Ambition

बालुवाका कण धेरै साना भए
केटाकेटीले खेल्ने गट्टा पनि सानै भए
गिट्टीलाई पनि ठुलो मान्न सकिएन
वास्तवमा,
लोहोरो भन्दा ठुलो
सिलौटो भन्दा ठुलो
पर्खालको छपनी भन्दा ठुलो
नदी किनारको ठुलो चट्टान भन्दा पनि ठुलो
भन्नै पर्दा, पहरो भन्दा अझै ठुलो
धेरै ठुलो काम गर्ने आकांक्षा राखियो
त्यसैले,
केही पनि नगरि जीवन सकियो !

.

footer

कविता

 

unnamed-copy

footer

 

प्रकाशकलाई चिट्ठी

The Money Carol Nelson

                       The Money by Carol Nelson

कागजको मोल होला

होला मसीको पनि धेर-थोर

तर

कुन तराजुमा जोखेर

अनि

कुन फित्ताले नापेर तोक्छौ,

महोदय

मेरो विचारको मोल ?

.

.

footer

अबोध जिज्ञासा

 

ali cavanaugh_the+entrance.jpg

                                                                                          (Ali Cavanaugh: The Entrance)

आकाश ठुलो कि एक मुठी सास ?
भकारी ठुलो कि भोकको एक गाँस ?
घैँटो ठुलो कि एक घुट्को पानी ?
सोचेर एक फेरा भनिदेऊ न ज्ञानी ।
* * *
घाम ठुलो कि रुखको छाँया ?
रवाफ ठुलो कि मुटुको माया ?
सागर ठुलो कि तिर्तिरे धारो ?
छुट्ट्याउन मलाई पर्‍यो नि गाह्रो।
* * *
कोसी ठुलो कि आँखाको पानी ?
ज्ञानी ठुलो कि अबोध नानी ?
हुरी ठुलो कि थकाइ सुस्केरा ?
गमेर कस्ले भन्देला एकफेरा ?
* * *
यश ठुलो कि याचकको झोली ?
भुल ठुलो कि क्षमाको बोली ?
प्रश्न ठुलो कि निःशब्द उत्तर ?
सोच नियाल तिमी निरन्तर ।
* * *
औँसीको रात कि जुनकिरी उडान ?
ब्रह्माण्ड ठुलो कि एक झिल्को ज्ञान ?
विशाल वन कि कि न्याउलीको बोली ?
भनिदेला कस्ले मन-आत्मा खोली ?
* * *
इन्द्रेणी रङ् कि शिल्पीको भाव ?
उर्लेको नदी कि काठको नाव ?
रगतको खोला कि मसीको थोपा ?
मृत्यु ठुलो कि यो जिजीविषा ?
* * *
बगैँचा ठुलो कि पुतली प्वाँख ?
चिताको मुस्लो  कि अस्तुको राख ?
संसार ठुलो कि कविको मन ?
कोही त मलाई सोचेर भन ।
 footer

मेरो देश, मेरो नेता र म

"Nothing to worry about, councillor - politicians are usually short sighted."

मेरो देश

मेरो देश
खोलामा
ट्याङ्करका ट्याङ्कर बिजुली बगाउँछ
अनी
ग्यालेनमा भरेर तेल किन्छ ।

मेरो नेता 

मेरो नेता
साँघुरो गल्लीमा बस्छ
अनी
ठुलो गाडी चढ्छ ।

बसको मालिक हुँँ
जब जब मेरो बस दुर्घटनामा पर्छ
म घोक्रेठ्याक लगाएर पुरानो ड्राइभरलाई हटाउँछु
नयाँ ड्राइभर राख्छु
अनी
बसको पछिल्लो सिटमा गएर मस्तसँग निदाउँछु ।
footer

प्रकृती

236d2-fuites

उसले
रातारात सार्वजनिक वन फँडानी गर्‍यो
काठ तस्करी गर्‍यो
टन्न पैसा कमायो
ठूलो घर ठडायो
र,
घर वरीपरी
झन्डै वन जस्तै देखिने
बगैंचा बनायो ।footer

खशीहरु

9994974845_fc7412717b_b.jpg

                                  (Fighting Bucks by Stefan Schinning)

बगरेको पसल –

काठको फोहोर टेबलमाथी
ङीच्च हाँसिरहेको
एउटा खशीको टाउको –

नजीकै,
दुई त्यान्द्रा परालका लागी
तँछाड मँछाड गर्दै
लडिरहेका
खशीहरु ।

footer

वार्ता

images (1)सानो माछाले

ठूलो माछालाई सोध्यो:

किन खान्छौ हँ  हामीलाई ?

जवाफमा

ठूलो माछाले सानो माछालाई कप्लक्कै  निल्यो

अनी

डकार्यो ।

 

footer

कुर्ची

hand_chair

                                                (Pedro Friedeberg)

सिकर्मीले कुर्ची बनायो,

त्यो कुर्ची उसका लागि बनेको थिएन –

उ बसेन

भरियाले कुर्ची बोकेर ठाउँसम्म पुर्‍यायो

त्यो कुर्ची उसका लागि पनि बनेको थिएन –

उ पनि बसेन

तर, जसका लागि त्यो कुर्ची बनेको थियो,

उ पनि त्यो कुर्चीमा बसेन-

उ त्यही सिकर्मी अनी त्यही भरिया माथि बस्यो !

footer

मैनबत्ति

बलेर
जलेर
पग्लेर
आधा-आधी भई सक्दा पनि
सोचमग्न छ
मैनबत्ति-
म बलुँ
कि नबलुँ ?
जलुँ
कि नजलुँ ?
पग्लुँ
कि
नपग्लुँ ?
.
.

नियती

window_cleaning


दाग-रहित बाँच्ने प्रयास
गरिरहन्छु

मेरो
यो प्रयास
कुनै बखत पनि
नटुटोस भनेर होला शायद

ममाथी
निरन्तर
दाग लगाइरहन्छ

मलाई
अनुग्रहित बनाइरहन्छ . . .

footer

%d bloggers like this: